|

उदयपुर :  क्षमताभन्दा बढी (ओभरलोड) बोक्ने सवारी साधनमाथि प्रहरीले निगरानी सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाका भित्रका सडकमा 'ओभरलोड' बोक्ने मालवाहक सवारी साधनलाई ट्राफिक कार्यालयसँग सहकार्य गरी ट्राफिक नियमअनुसार कारवाही गर्ने भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले पहिलोपटक ओभरलोड बोक्ने मालवाहक सवारी साधनलाई निगरानी सुरु गरेको बताए। ‘मंगलबार क्षमताभन्दा बढी काठ बोकेको ६ वटा टिपरलाई गल्ती नदोहोर्‍याउने शर्तमा छाडिएको छ,’ उनले भने, ‘सडकको मापदण्डभन्दा बढी 'लोड' बोक्ने मालवाहक सवारी साधनलाई पहिलो पटक सचेतना गराइने र दोस्रोपटक भेटे कारवाही गरिने छ।’

भट्टका अनुसार सिरहातर्फ लाने क्रममा प्रहरीले चौदण्डीगढी नगरपालिका– ९ स्थित सिमान्त सामुदायिक वन उपभोक्ता समूहबाट लाने क्रममा पक्राउ गरी छाडिएको छ। जिल्लाको गाईघाट, कटारी, वेल्टार, घुर्मी लगायतका क्षेत्रमा प्रहरीले विशेष निगरानी सुरु गरेको प्रहरीले जानकारी दिएको छ। जिल्लामा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारणा अधिकांश सडकको अवस्था नाजुक छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.