|

काठमाडौं : हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुरतिहार। कुकुरलाई पूजा गरी माला लगाइदिएर तथा मिठो मसिनो खुवाएर मनाइँदैछ। यमराजको ढोकामा द्वारपालका रुपमा रहने श्याम र सबल नामका कुकुरले मृत्युपछि यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुरतिहार मनाउने गरिन्छ।

कुकुर मानिसको निकैनजिक रहने सहयोग प्राणी पनि हो। यसले घरको रखवारी मात्रै गर्दैन सुरक्षाकर्मीहरुलाई अपराध अनुसन्धानमा पनि सघाउने गरेको छ। कुकुरतिहारको अवसरमा नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगञ्जले नेपाल प्रहरीलाई सघाउँदै आएका कुकुरहरुको पूजा गरेको छ। सो अवसरमार वर्षभरी उत्कृष्ट सेवा दिएका कुकुर र तिनका प्रशिक्षकलाई पुरस्कृतसमेत गरिएको छ।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.