|

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यन्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुरले बुधबार आयोजना गरेको नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारीलाई स्वागत तथा नेपाल सम्वत्, दिपावली तथा छठविशेष शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनलाई सफल बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए।

पत्रकारहरु अझ बढी गम्भीर र संवदेशनशील भएर काम गर्नुपर्ने उनको भनाइ छ। पत्रकारिता स्वच्छ, निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारका समस्या समाधान गर्न आफू तयार रहेको बताए।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगरले आफ्नो कार्यकाल भरी पत्रकारको हकहितमा लाग्ने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.