|
म्यादी प्रहरीमा भर्ना हुन पुगेका युवा

बारा : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा बाराबाट तेस्रो लिङ्गी तथा समलिङ्गीले पनि आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय बारामा म्यादी प्रहरीका लागि १२ जना समलिङ्गी तथा तेस्रोलिङ्गीले आवेदन दिएको निलहिरा समाज बाराकी शिला पटेलले जानकारी दिइन्।

आवेदन फारममा भने ३ जनाले मात्र आफ्नो पहिचान खुलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। बारामा म्यादी प्रहरीमा कुल १३ हजार ५ सय ६५ जनाको आवेदन परेको छ । जसमा महिलाको संख्या १ हजार ८ सय ९४ र पुरुषको संख्या ११ हजार ६ सय ६८ रहेको छ। यहाँ जम्मा २ हजार ५ सय जनाको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.