|
Photo : Reurers

यो वर्षको म्यान बुकर पुरस्कार अमेरिकी लेखक जर्ज सान्डर्सले जितेका छन्। उनको वास्तविक घटनामा आधारित ‘लिंकन इन द बार्डो’ उपन्यासले उक्त पुरस्कार जितेको हो।

विश्व साहित्यमा चर्चित म्यान बुकर पुरस्कार वाफत सान्डर्सले ५० हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

जर्ज सान्डर्सको उपन्यास ‘लिंकन इन द बार्डो’ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले छोराको मृत्युका बारेमा लेखिएको हो। उपन्यासमा छोराको शवयात्रामा सहभागी अब्राहम लिंकनको सहभागिता र दुःखका साथै उनले छोराको चिहानमा बिताएको एक रातको बयान गरिएको छ।

अब्राहम लिंकनका छोराको सन् १८६२ फेब्रुअरी २० मा  ११ वर्षको उमेरमा मृत्यु भएको थियो। सोही विषयलाई सान्डर्सले उपन्यासमा उतारेका हुन्।

५८ वर्षिय सान्डर्सको ‘लिंकन इन द बार्डो’ पहिलो उपन्यास हो। छोटा कथाबाट पाठकमाझ चर्चित सान्डर्सका यसअघि आठओटा पुस्तक प्रकाशित छन्।

म्यान बुकर पुरस्कार २०१७ का लागि सान्डर्ससँगै बेलायती लेखक अली स्मिथ र फियोना मोजन्ले, अमेरिकी लेखक पल पउल अस्टर र एमिली फ्रिडलुण्ड र पाकिस्तानी मुलका बेलायती लेखब मोहसीन हामिद अन्तिम सूचीमा थिए।

गत वर्षको म्यान बुकर पुरस्कार अमेरिकी लेखक पउल बिट्टीको 'द सेलआउट' उपन्यासले जितेको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.