|

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा सहभागी हुन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

कांग्रेस भातृसंगठनले विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा आचार्यले भने, “नेपाली काँग्रेसले आउँदो निर्वाचनमा ठूलो पार्टी रुपमा पुनः स्थापित हुनेछ।”

केन्द्रीय सदस्य आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभेर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै वाम गठबन्धनको कारणले नेपाली काँग्रेसलाई कुनै असर नपर्ने स्पष्ट पारे।

अर्का केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले दीपावलीले देशको समृद्धिको बाटो खोल्ने उल्लेख गर्दै सङघीय र प्रदेशको निर्वाचनपछि संविधान पूर्ण रुपमा कार्यान्वयन हुने बताए।

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्दै उनले साना–तिना कुरालाई बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेससँग नसक्ने भएर वाम गठबन्धन भएको प्रसंग उल्लेख गर्दै नेपाली काँग्रेस उत्साहका साथ निर्वाचनमा होमिने बताए।

विराटनगर महानगरपालिका प्रमुख एवम् नेपाली काँग्रेस नगर समितिका अध्यक्ष भीम पराजुलीले पार्टीभित्रको गुट–उपगुटलाई अन्त्य हुनुपर्नेमा जोड दिँदै नेपाली काँग्रेस एक भएर अगाडि बढ्यो भने अधिकांश ठाउँमा जित प्राप्त गर्ने विश्वास व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.