|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएपछि जिम्मेवारी पाएका नयाँ मन्त्रीहरुले कार्यभार सम्हालेका छन्। यसक्रममा स्वास्थ्यमन्त्री दीपक बोहोराले पनि बुधबार पदबहाली गरे।

स्वास्थ्यमन्त्रालयमा हालै विनाविभागीय बनाइएका मन्त्री गिरीराजमणि पोखरेलले बिहान साढे १० बजे धन्यवाद ज्ञापन कार्यक्रम राखेका थिए। सभाहलमा आयोजित सो कार्यक्रममा पत्रकारहरुलाई पनि बोलाइएको थियो। मन्त्रालयका कर्मचारीहरु पूरानो मन्त्रीलाई विदाइ गर्ने तयारीमा थिए।

तर, भयो के भने नवनियुक्त स्वस्थ्यमन्त्री दीपक बोहोराले पदबहाली सोही समयमा गर्ने खबर आयो। पूरानो मन्त्रीलाई विदाइ गर्ने तयारीमा रहेका कर्मचारीहरु हतारहतार नयाँलाई स्वागत गर्ने तयारीमा जुटे। सोही कारण पोखरेलले आयोजना गरेको कार्यक्रम नै भएन।

नयाँ मन्त्री भनेकै समयमा आइपुगे। भ्याउने जतिले पुष्पगुच्छा किनेर दिए नभ्याएकाले मन्त्रालय परिसरकै बगैंचाको फूल टिपेर स्वागत गरे। आफूले समयको पूर्ण पालना गर्ने भन्दै उनले समयमै हाजिर भएर कार्यभार सम्हाले। त्यसक्रममा उनले २ वटा फाइलसमेत सदर गर्न भ्याए।

मन्त्री बोहोराले सहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन- २०७३ र भूकम्पबाट क्षति पुगेको ३१ वटा जिल्लाका २५८ वटा स्वास्थ्य संस्था भवन हस्तान्तरण सम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन्।

कार्यभार सम्हालेपछि बोल्दै मन्त्री बोहोराले आफूले राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता जनाए। 'देशको अस्थिर राजनीतिक अवस्थामा म स्वास्थ्यमन्त्री भएको छु, त्यसैले मैले कुनै पनि राजनीतिक पूर्वाग्रह राखेर काम गर्ने छैन,' उनले भने, 'अघिल्ला मन्त्रीहरुले गर्नुभएका राम्रा कामलाई पनि निरन्तरता दिनेछु।'

उनले कर्मचारीहरुलाई पनि पूर्वाग्रह नराखी काम गर्न निर्देशन दिए। राप्रपा प्रजातान्त्रिकबाट विज्ञान तथा प्रविधिमन्त्री नियक्त भएका बोहराको मंगलबार मन्त्रालय हेरफेर गरिएको थियो।

 

 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.