|
File Photo

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चुनावबाट नभाग्न सरकारलाई चेतावनी दिएका छन्। आफ्नो पार्टीको जीत निश्चित भएपछि सरकार चुनावबाट भाग्न खोजेको ओलीको आरोप छ। पार्टीको प्रवासी संगठन प्रवासी नेपाली मञ्चका पदाधिकारीहरुसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी पनि गरे। 'एमालेले जनताको अभिमतबाट अब सरकार बनाउनेछ,' उनले भने।

एमालेले चुनाव जित्ने देखेर कांग्रेस आतङ्कित भएको उनको टिप्पणी छ। 'आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले विजयी हुने भएपछि कांग्रेस आतंकित भएको छ,' अध्यक्ष ओलीले भने।

त्यस्तै पूर्व प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले वाम गठबन्धनदेखि आत्तिएर प्रजातान्त्रिकहरुले पनि गठबन्धन बनाउँदै हिँडेको बताए। 'कसैलाई हुत्याउन र पछार्नका लागि बनेको एकता होइन, हामी मुलुकमा राजनीतिक स्थितरता होस्, भन्ने चाहान्छौं र कति सानासाना पार्टी चलाउने भनेर एक ठाउँमा आएका हौं,' उनले भने।

नेपालले प्रजातान्त्रिक गठबन्धन बनेकोमा खुसी व्यक्त गरे। 'वाम गठबन्धन सद्भावबाट बनेको एकता हो, प्रजातान्त्रिकहरु एक भए भनेर हामी डराएका छैनौं, हामी खुसी छौ,' नेता नेपालले थपे, 'धेरै पसल चलाउनुभन्दा दुई समूहबीच प्रतिस्पर्धा होस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.