|

बाँकेः प्रदेश नम्बर ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मिङ्मार लामाले प्रदेशमा हुने गुण्डागर्दी तथा अराजकता मच्चाउने कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्। प्रदेश प्रमुख भएपछि पहिलो पटक बाँके र बर्दियाको सुरक्षा अवस्था बुझ्न यहाँ आएका लामाले अराजकता पैmलाएर समाजमा अशान्ति सिर्जना गराउनेलाई कानूनी दायरामा ल्याउने बताए। 

बाँकेका पत्रकारसँगको साक्षात्कारमा लामाले ५ नम्बर प्रदेशको अस्थायी राजधानी दाङको तुलसीपुरमा तोकिएको बताउँदै संघीय प्रहरी कार्यालय स्थापना भएपछि गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको बताए। 

उनले अगैया जंगलमा मृत फेला परेका राष्ट्रिय बाणिज्य बैंक गुलरिया बर्दियाका प्रबन्धक प्रमोद बर्मा घटनाको बारेमा अनुसन्धान जारी रहेको बताए। भनाइको आधारमा मुद्धा चलाउन नमिल्ने भएको बताउँदै उनले अनुसन्धानलाई मूर्त रूप दिन अदालतमा अझै मुद्धा दायर नभएको बताए। 

मुद्धा अदालतमा गएपछि अनुसन्धान गर्ने बाटो रोकिने बताउँदै उनले हद म्याद बाँकी रहेकाले अपराधी म्की हाल्ने अवस्था नरहेको बताए। ‘अनुसन्धानमा बाधा नपुगोस् न्ने उद्देश्यले मुद्धा दायर नभएको हो’, उनले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन।’

उनले २० वर्षसम्म हद म्याद भएकाले मुद्धा जतिखेर पनि ब्यूँझिन सक्ने बताए। हत्या हो या आत्महत्या हो भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताउँदै उनले अभियुक्तलाई कारवाही भएन भनेर आत्तिनुपर्ने अवस्था आइनसकेको बताए। ‘घटना गम्भीर प्रकृतिको भएकोले सूक्ष्म अनुसन्धान नभई घटना नजिक पुग्न सकिँदैन’, एआईजी लामाले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.