|

झापा: झापाको कमल गाउँपालिकामा बुधबार मोटरसाइकल र म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गौरादह- १ का ३४ वर्षका योगेन्द्र अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनको उपचारको क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।

सहायक राजमार्गअन्तर्गत पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा पर्ने कमल गाउँपालिका- ६ स्थित गेउरिया खोला नजिकै मे१च ४९६३ नम्बरको यात्रु सवार म्याजिक भ्यान र को२७प २९८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेहरूमा दमक- ७ का ३८ वर्षका जगत विक, गौरादह- ५ का ७१ वर्षका बमबहादुर कटुवाल, उनकी श्रीमती ७० वर्षकी देवीमाया कटुवाल र दमक- ७ का ३६ वर्षका भरत ल्वागुन रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये बमबहादुर र देवीमायाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। गम्भीर घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेकोमा त्यहाँ नसकेपछि बिर्तामोड पठाइएको छ। बस्नेतका अनुसार मोटरसाइकल र भ्यान अनियन्त्रित भई ठक्कर खाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.