|

दाङः दाङको तुलसीपुर उपमहानगरपालिका– १८ स्थित हेमन्तपुरबाट गत राती प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। 

स्थानीय गणेश रावत भन्ने राजविक्रम आरसीको घरमा अवैध रूपमा जुवा खेल्दै गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। आरसीले आफ्नो घरमा अवैध जुवा खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले १० हजार ४३० रूपैयाासहित सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका– १८ हेमन्तपुर बस्ने ४१ वर्षका राजविक्रम आरसी, सोही ठाउँ बस्ने ४९ वर्षका टोपबहादुर डाँगी, मनिकापुर बस्ने  ४९ वर्षका पदमबहादुर वली, हेमन्तपुर बस्ने ३६ वर्षका विजय गौतम, झिगई बस्ने ३९ वर्षका राकेश परियार, वनकट्टी बस्ने ५५ वर्षका चित्रबहादुर बस्नेत र घोराही उपमहानगरपालिका– ५ धर्ना बस्ने ४१ वर्षका माधवकुमार गिरी रहेका छन्। 

प्रहरी टोलीले ती व्यक्तिको घर कोठा खानतलासी गर्दा विभिन्न दरका नोट गरी १० हजार ४३० रूपैयाँ खाल थापेर जुवा खेलिरहेको अवस्थामा फेलापारेको बताएको छ। पक्राउ परेकाहरूलाई जुवा ऐन, २०२० अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। 

चाडपर्वहरूको समयमा भइरहेका जुवातासलाई रोक्न प्रहरीले कडा निगरानी र पक्राउ गर्ने काम गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.