छापा

प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित, प्रदेश ३ मा केन्द्रकै हाराहारीमा
SHARES

कात्तिक २, २०७४

    काठमाडौं : नयाँ संविधानबमोजिम केन्द्रमा बढीमा २५ जनामात्र मन्त्री हुने व्यवस्था छ। तर, प्रदेश ३ मा मात्रै २४ सदस्यीय मन्त्रिपरिषद् हुने भएको छ। यस्तै प्रदेश नम्बर २ मा २१ सदस्यीय, प्रदेश नम्त्रर १ मा १८ सदस्यीय र प्रदेश नम्बर ५ मा १७ सदस्यीय मन्त्रिपरिषद् हुनेछ। यस हिसाबले प्रदेश मन्त्रिपरिषद्को संख्या जम्बो हुने भएको छ।

    संविधानबमोजिम केन्द्रमा बढीमा २५ जनासम्म मन्त्री हुन पाउने छन्, भने सबै प्रदेशलाई जोडेर १ सय १० जनासम्म मन्त्री बन्न सक्नेछन्। एउटा प्रदेशमा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री राख्ने व्यवस्थाका कारण ठूलो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो।

    संविधानको धारा १ सय ६८ को उपधारा (९) बमोजिम प्रदेशप्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समाेवेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ।

    प्रदेश नम्बर ३ मा मन्त्रिपरिषद्को आकार केन्द्रकै हाराहारीमा हुन जानेछ। जहाँ २४ जना मन्त्री नियुक्त गर्न सकिने छ। जबकि प्रदेश नम्बर ६ मा ८ र ७ मा १० सदस्यीय मन्त्रिपरिषद् हुनेछ।

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]