छापा

एक वर्षअघि सुरक्षा निकायलाई दिएको निवेदनमा के लेखेका थिए गौचनले ?
SHARES

कात्तिक २, २०७४

    काठमाडौं : नयाँबानेश्वरमा दुई साताअघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले एक वर्षअघि नै ‘थ्रेट’ महसुस गरी सम्बन्धित निकायसँग सुरक्षा मागेको खुलेको छ।

    नेपाल उद्योग वाणिज्य महासंघमा बुधबार आयोजित ‘ेपालमा निजी क्षेत्र र निर्माण व्यवसायीले भोग्नुपरेको जबर्जस्ती चन्दा, हिंसा र सुरक्षा चुनौतीहरू’ विषयक अन्तरक्रियामा व्यवसायीहरूले यो खुलासा गरेका हुन्।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सुकन्तलाल हिराचनले थ्रेट महसुस गरी गौचनले एक वर्षअघि नै प्रहरीसमक्ष लिखित निवेदन दिई सुरक्षा माग गरेको बताए।

    सरकारले आधारभूत सुरक्षा दिन नसकेका कारण व्यवसायी गौचनको हत्या भएको उनले बताए। ‘एक वर्षअघि नै लिखित रूपमा नेपाल प्रहरीसमक्ष सुरक्षा माग गरे पनि सम्बन्धित निकायले बेवास्ता गर्दा यो दुर्घटना भएको पाइयो’, हिराचनले भने। गौचनले एक वर्षअघि दिएको लिखित निवेदनबारे तीन दिनअघि मात्र जानकारी पाएको उनले बताए।

    ‘निवेदनमा के लेखिएको थियो भन्ने हामीलाई पनि जानकारी छैन’, हिराचनले भने, ‘तर उनले भौतिक सुरक्षामा नै थ्रेट आएकाले सुरक्षा माग गरेको बुझेका छौं।
    गौचनको हत्या सुनुयोजित र सिलसिलेवार तरिकाले भएको दाबी गर्दै व्यवसायीहरूले यसमा पेशेवर हत्यारा प्रयोग भएको बताए। जबर्जस्ती चन्दा र धम्कीको सामना गर्नेक्रममा गौचनको हत्या भएको उनीहरूको भनाइ छ।
     

नागरिक दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Ram k karki

    nakkali ghatana lai mudda ko adhar manne adalat chha gunda haru snanga saath gaath garera bilasi jeeban khojne prahari chha naitikta ra padiya maryada ko dalali garne betanbhogi haru chhan bhrasta ra aparadhi lai samrkshyan dine rajnitik dal chhan yahan manpari tantra chaleko chha tesaile yaha yesto bhairaheko chha aschrya mannu parne naulo kehi chhaina..........

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]