|

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलको बैठक बिहीबार विहान बसेको छ। निर्वाचनमा गठबन्धनको सहमति गरेका एमाले र माओवादी केन्द्रले ६० : ४० को अनुपातमा उम्मेदवारी बाँडफाँट गर्ने भनिए पनि अहिलेसम्म कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले उम्मेदवारी दिने टुंगो लागेको छैन।

एमाले कार्यदल स्रोतका अनुसार अहिलेसम्म १० वटा निर्वाचन क्षेत्रमा सहमति जुट्न सकेको छैन। सहमति जुटाउन बिहीबार विहान ८ बजेदेखि एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक बसेको छ। 'क्षेत्र निर्धारण अन्तिम टुंगो लगाउन अहिले बैठक बसिरहेको छ।

लगभग अन्तिम चरणमा पुगेको छ' एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने। कार्यदलमा नेकपा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.