|

डोटी : डोटीको बड्डीकेदार गाउँपालिकामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बड्डीकेदार गाउँपालिका दुई खड्यौलीस्थित सुनालेबाट घनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। बिहान १० बजेतिर भएको दुर्घटनाबाट २१ जना यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा बड्डीकेदार–४ भुजालीका ४७ वर्षीय जगदिश चन्द र बड्डीकेदार–४ कै ३५ वर्षकी मीनादेवी पुनमगर र तीन बर्षकी पुष्पाकुमारी जेठारा रहेका डोटीका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले जानकारी दिए। दुर्घटनापछि बस चालक भने फरार रहेका छन्। घाइते हुनेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।

घाइते हुनेहरुमा बोगटान गाउँपालिका २ केदारअखडा, बड्डीकेदार गाउँपालिका ४ मान्नाकापडी र ५ लानाकेदारेश्वरका रहेका छन्। घाइतेहरुलाई कर्णाली यातायातको ना ४ ख ६५५२ नम्बरको बसमा उपचारको लागि धनगढीतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ। बस सडकबाट १५० मिटर तल खसेको थियो।

के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको भए पनि कच्ची सडक भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ। जिल्लाकै जोरायल गाउँपालिकामा दुर्घटना भएको तीन दिन पछि फेरि अर्को बस दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.