|

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानी सैनिक पोष्टमा तालिवानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन्।

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए। ६० सैनिक रहेको क्याम्पमा हमलामा ४३ को मृत्यु भएको हो भने नौ जना घाइते भएका छन् छ जना हराइरहेको अलजजिराले लेखेको छ।

गएराति तालिवानहरुले कारबमका साथै अत्याधुनिक हतियारले हमला गरेका थिए। त्यसपछि घण्टौंसम्म अफगान सेना र सशस्त्र तालिवान लडाकूबीच दोहोरो गोली हानाहान भएको थियो।

रातभर चलेको दोहोरो भिडन्तलाई बिहानीपख अफगान सेनाको थप सैन्यबल पोष्टमा पुगेपछि नियन्त्रणमा लिइएको थियो। तालिवान बन्दुकधारी भागेका थिए।

अफगान सेनाले भने कति जना घाइते भएका छन् भन्ने बाहिर ल्याएको छैन। भिडन्तमा कति तालिवान बन्दुकधारी मारिए भन्ने पनि खुलेको छैन। दोहोरो गोली हानाहान सकिएपछि अफगान सेनाले ठूलो सङ्ख्यामा सैनिक पठाएर गस्ती सुरु गरेको र क्षतिको विवरण सङ्कलन गरिरहेको बताइएको छ।

आतकंकारी समूह तालिवानले छिमेकी जिल्ला पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको हो। ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन्। ती दुई जिल्लामा तालिवानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका जवानहरुको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.