|

झापा :  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्ती झापामा पनि विविध कार्यक्रम गरी मनाइएको छ। देवकोटाको जन्मजयन्तीको अवसर पारेर बिहीबार दमकमा साहित्य कला संगमले रचना बाचन कार्यक्रमको आयोजना गर्‍यो। दमकस्थित देवकोटा चोकमा रहेको महाकवि देवकोटाको शालिकमा दमकका साहित्यकार भेला भएर माल्यार्पण गरेका थिए।

साहित्यकारहरुले महाकवि देवकोटाको शालिकमा माल्यार्पण पश्चात आफ्ना रचनाहरु बचन गरेका थिए। तीन दर्जन बढी साहित्यकार उपस्थित कार्यक्रममा साहित्यकार डा.देवी नेपालले महाकवि देवकोटा प्रति समर्पित रहेको आफ्नो कविता ‘एउटा पत्र देवकोटलाई’ बाचन गरे।

त्यसपछि साहित्यकार कृष्ण उदासी, युवराज काफ्ले, यज्ञ परिश्रमी, रुद्र निरौला, झाँक्री खोली, सुन्दर कुरुप, विराट किराती, जितेन मुस्कान लगायतले साहित्यकारले आफ्नो रचना बाचन गरे।

यस्तै देवकोटा जयन्तीकै अवसर पारेर बाल कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो। प्रतियोगितामा दमक १ कि मुना भट्टराई प्रथम, दमक ८ कि विनिसा दाहाल दोस्रो,  दमक ८ का रश्मी भट्टराई तेस्रो र कमल गाउँपालिका ५ का कुलप्रसाद थापा चौथो भए।

तीन जनालाई सम्मान

साहित्य तथा खेलकुद क्षेत्रबाट दमकलाई नेपालभरी चिनाउन योगदान गर्ने तीनजनालाई साहित्य कला संगम दमकले सम्मान गरेको छ। सम्मानित हुनेहरुमा साहित्यकार डा. देवी नेपाल, प्राध्यपक डा. गोपाल भण्डारी र खेलकुदको क्षेत्रबाट योगदान पुर्‍याउने नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी नर्वदा विष्टलाई सम्मान गरिएको हो।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा कला क्षेत्रको विकास गर्न साहित्य एकेडेमी निर्माण गर्ने बताए। उनले दमकका कलाको विकास गर्न नगरपालिका तत्पर रहेको बताए। यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान बारे चर्चा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.