|

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका ५ माथिल्लो कोइरालमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दिउँसो १ बजेतिर धनगढीबाट अछामको मंगलसैन जाँदै गरेको तीन जना सवार से ५ प २४५४ नम्बरको मोटरसाइकल गन्यापधुरा गाउँपालिका ३ माथिल्लो कोइरालमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनैजना घाइते भएका हुन्।

मोटरसाइकल चालक अछाम मंगलसैन नगरपालिका ७ जनालीबन्डालीका ३२ वर्षीय हर्कबहादुर विष्ट, उनकी छोरी ९ वर्षीय प्राप्ती विष्ट र विनायक नगरपालिका ५ कि अन्दाजी २२ वर्षीय भजनी रावल घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते तीनैको टाउकोमा चोट लागेको छ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचारपछि थप उचापरका लागि सेती अञ्चल अस्पताल धनगढी रेफर गरिएको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। मोटरसाइकल सडक भन्दा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.