|

बारा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढस्थित १६ किलो भन्ने ठाउँमा बुधबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट ४ वटा गाई–गोरु मर्नुका साथै दुई वटा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मरेका गाई गोरु बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका माइतेसिंह थिङको भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कैलाश केसीले नगरपालिका रोहबरमा मृत गाई–गोरु खाल्डो खनेर गाडिएको बताए।

ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। थिङले भने पीडित नआउँदै प्रहरीले पुर्न थालेको आरोप लगाएका छन्। गाईवस्तु घर नआएपछि खोज्दै जाने क्रममा प्रहरीले पुरिरहेको अवस्थमा भेटिएको पीडितले गुनासो गरे।

सोधखोज नगरी पुरेको भन्दै रुष्ट बनेका पीडितले प्रहरी कार्यालयमा ठक्कर दिने सवारीको पहिचान गरी क्षतिपूर्ति दिन माग गर्दै निवेदन दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.