काठमाडौं : आज तिहारको तेस्रो दिन, साँझ हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्। घर, पसल, व्यापार व्यवसाय र उद्योगमा धुमधामले लक्ष्मीपूजा गर्ने प्रचलन छ। आजको दिन घरलाई उज्यालो बनाएमा धनकी देवी लक्ष्मी प्रवेश गर्ने विश्वास पनि गरिन्छ।
तिहारको लक्ष्मीपूजाको दिन काठमाडौंका व्यक्तिगत घर, व्यापारिक कम्प्लेक्स, उद्योग कल कारखानाहरु झिलिमिली वत्तीले उज्यालो बनाइएको छ। आजको दिन काठमाडौं उपत्यका झिलिमिली बत्तीले उज्यालो देखिएको छ।
हेर्नुस् स्वयम्भूबाट खिचिएको काठमाडौं उपत्यकाको दृश्य
तपाईंको ईमेल गोप्य राखिनेछ ।