|

  • जंग तामाङ

पाँचथर : आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पाँचथरमा वाम गठबन्धन र कांग्रेस दुवैले उम्मेदवार तय गरेका छन्। वाम गठबन्धनले एमाले पूर्वसांसद वसन्तकुमार नेम्वाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको केन्द्रीय सदस्य डम्बरसिं सम्बाहाम्फेले बताए। उनी नेकपा एमालेको जल तथा उर्जा विभाग सचिव पनि हुन्।

जिल्लाको साविकको निर्वाचन क्षेत्र नम्बर–१ बाट वि.सं. २०५६ सालमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका तर्फबाट पूर्वमन्त्री श्रीप्रसाद जवेगूले पनि दाबी गरेका थिए। तर माओवादीले प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. (ख) मात्र पाउने सहमतिपछि उनी पछि हट्नु परेको माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सुरेन्द्र जवेगू (नविन)ले बताए।

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभाका लागि उम्मेदवार छनोट गरेको छ। पार्टी जिल्ला सचिव रुपनारायण जवेगूले निवर्तमान सांसद भीष्मराज आङदेम्वे उम्मेदवार बन्ने बताए। नेताहरु मित्रप्रसाद काफ्ले र डिकेन्द्र चेम्जोङ पनि प्रतिनिधिसभा सदस्यका लागि दावेदार थिए। आङ्देम्वे दोश्रो संविधानसभा निर्वाचनमा जिल्लाको साविकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। यद्यपी अहिले भने जिल्लामा एकमात्र निर्वाचन क्षेत्र छ।

प्रदेशसभातर्फ वाम गठबन्धनले निर्वाचन क्षेत्र नम्बर(क)मा एमाले पूर्व सांसद गणेशकुमार काम्बाङ र कांग्रेसबाट पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङलाई उम्मेदवार उम्मेदवार बनाउने तयारी सम्बन्धित दलहरुले गरेका छन्। यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस उम्मेदवार केरुङलाई पराजित गर्दै एमाले नेता काम्बाङ सांसद बनेका थिए। यो पटक पनि पुरानै प्रतिष्पर्धीबीच चुनावी भीडन्त हुने देखिएको छ।

निर्वाचन क्षेत्र (ख)मा भने नयाँ अनुहारका नेताहरुबीच प्रतिष्पर्धा हुने भएको छ। बाम गठबन्धनबाट माओवादीका इन्द्र आङबो (मौसम) र कांग्रेसबाट सुरेन्द्रकुमार दाहाल प्रतिष्पर्धामा छन्। आङ्बो माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुन् भने दाहाल कांग्रेसका महासमिति सदस्य तथा पार्टीका पूर्व जिल्ला सदस्य हुन्।

यता राप्रपा प्रजातान्त्रिकले पनि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा रहने गरी चुनावी तालमेल गरेकोले जिल्लाको निर्वाचन क्षेत्र (ख)मा प्रत्यक्षतर्फ उम्मेदवारी दिन पाउनुपर्ने दाबी गर्दै आएकोव छ। प्रजातान्त्रिकका केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले कांग्रेसबाट उम्मेदवार बनेको दाहालको क्षेत्रबाट उम्मेदवार बनाइनु पर्नेमा माग गरेका छन्। तर, कांग्रेसका जिल्लास्थित प्रभावशाली युवा नेता पूर्ण तुम्बापोले भने राप्रपा प्रजातान्त्रिकको जनमत कम भएकाले समानुपातिकमा दिन सकिने बताए। जिल्लाबाट प्रदेश र प्रतिनीधिसभा सदस्य निर्वाचनका लागि अन्य दलहरुबाट भने उम्मेदवारको टुङ्गो लागेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.