|
Photo–ekantipur.com

काठमाडौं : अफ्रिकी मुलकु नाइजेरियाबाट चिम्पाञ्जी, बाँदरलगायत चरा भित्र्याएको आरोपमा आरोपमा मंगलबार समातिएका मोहम्मद उस्मान पहिलोपटक वन्यजन्तु तस्करीको अभियोगमा समातिएका होइनन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी वन कार्यालय काठमाडौंमा बुझाइएका ६ मध्येका छोटु भनिने ३४ वर्षीय उस्मान नामुद वन्यजन्तु र चरा तस्कर हुन्।

यसअघि पनि खरायो, कछुवा र विभिन्न प्रजातिका विदेशी चरा तस्करीमा संलग्न भएको पाइएपछि उनी २०७१ र २०७३ मा पनि उनी प्रहरीको फन्दामा परेका थिए। जेल परी सजाय भोगेर निस्किए पनि यिनले तस्करी गर्न छोडेका छैनन्। काठमाडौंलाई केन्द्रविन्दु बनाएर १५ वर्षदेखि यिनी अफ्रिकी मुलुकका साथै मलेसियालगायतका मुलकबाट चरा र वन्यजन्तु तस्करी गर्ने गरेका छन्।

रोचक कुरा के भने भारत पटना घर भई काठमाडौंको स्वयम्भू बस्ने यिनका पाँचमध्ये चार दाजुभाइ वन्यजन्तु र चराचुरुंगी तस्करीमा संलग्न छन्। सीआईबीमा लामो समय वन्यजन्तु तस्करीबारे अध्ययन गरिरहेका डीएसपी प्रवीण पोखरेलका अनुसार उस्मानसहित उनका भाइहरू अनवर, अफसर र फिरोज पनि वन्यजन्तुकै तस्करीमै संलग्न छन्। उनका कान्छा भाइ भने पटनामै कपडा व्यापार गर्छन्।

‘वन्यजन्तु र चरा तस्करीमा पाँच जनाको मुख्य नेटवर्क देखिएको छ’, डीएसपी पोखरेलले भने, ‘त्यो नेटवर्कलाई विमानस्थलस्थित भन्सारका एजेण्ट राजकुमार तिवारीले मुख्य सहयोग गर्ने गरेका छन्।’ चिम्पाञ्जीलगायत विभिन्न प्रजातिका चरा तस्करीमा सहयोग गरेको अभियोगमा बारा, डुमरवाना स्थायी घर भएका तिवारी पनि समातिएका छन्। कपन बस्ने उनलाई बुधबार वन कार्यालय काठमाडौंले बयान लिएर हिरासतमा पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.