|

ललितपुर : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुन लागेको केन्द्रीय र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। नेपाल संवत् ११३८ समारोह समितिद्वारा शुक्रबार ललितपुरमा आयोजित सांस्कृतिक र्‍यालीको उद्घाटन गर्दै उनले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए।

उनले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए। समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरे। उनले नेपाल संवतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण पनि गरे। सांस्कृतिक र्‍याली पाटन दरबार, मंगलबजारबाट सुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.