|

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिक ४ बालिखोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका ५ का ६५ बर्षका शिवलाल डाँगी रहेका सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए।

दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जाजरकोटबाट सुर्खेत आउँदै गरेको म १ ख ७२२ नम्बरको बस दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।

घाइतेहरुको उपचारका लागि नेपालगञ्ज पठाइएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए। बस सडकबाट झन्डै एक सय मिटर तल भेरी नदीको किनारमा खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.