|

काठमाडौं : शुक्रबारदेखि नेपाल सम्वतको नयाँ साल १९३८ सुरु भएको छ। नेपाल सम्वतको नयाँ वर्ष सुरु भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँका नेवार समुदायले न्युह दया भिन्तुना भन्दै शुभकामना आदान प्रदान गरेका छन्।

काठमाडौंको बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरको मध्यपुर थिमीसहित पोखरा, म्याग्दी, दाङलगायत नेवार समुदायको बसोबास रहेको ठाउँमा नयाँ वर्षको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ। देशका विभिन्न ठाउँमा नेपाल सम्वतको नयाँ वर्षको अवसरमा गरिएको कार्यक्रमको फोटो हेर्नुहोस् : 

फोटोहरु  : रासस

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११३८ समारोह समितिद्वारा ललितपुरमा शुक्रबार आयोजित सांस्कृतिक र्‍यालीको उद्घाटन गर्दै। तस्बिर : रोशन सापकोटा, रासस

 

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्दै। तस्बिर : रत्न श्रेष्ठ, रासस

 

नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत्का प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानलगायतका व्यक्तिहरु। तस्बिर : रत्न श्रेष्ठ, रासस

 

प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वागत गर्न बसेका पञ्चकन्या। तस्बिर : रत्न श्रेष्ठ, रासस

 

नेपाल सम्वत् ११३८ नयाँ वर्षको अवसरमा शुक्रबार धिमेबाजासहित काठमाडौँ नगरपरिक्रमा गर्दै सर्वसाधारण। तस्बिर : रत्न श्रेष्ठ, रासस

 

नेपाल सम्वत् ११३८ नयाँ वर्षको अवसरमा शुक्रबार धिमेबाजासहित काठमाडौँ नगरपरिक्रमा गर्दै सर्वसाधारण। तस्बिर : रत्न श्रेष्ठ, रासस

 

नेपाल सम्वत ११३८ को उपलक्षमा शुक्रबार पोखरामा आयोजित भिन्तुना पदयात्राका सहभागीहरु। तस्बिर: निमदत्त सुवेदी, पोखरा, रासस

 

नेपाल सम्वत ११३८ को स्वागतमा शुक्रबार नेपाल भाषा मंका खल म्याग्दीले बेनीमा आयोजना गरेको पदयात्राका सहभागीहरु। तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

 

तुलसीपुर नेवार समाजद्वारा शुक्रबार नेपाल संवत ११३८ तथा म्हःपूजाको अवसरमा आयोजना गरिएको पदायात्रा। तस्बिर : बालाराम खड्का, दाङ, रासस

 

नेपाल सम्वत् ११३८ नयाँ वर्षको अवसरमा शुक्रबार वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण । तस्बिर : रत्न श्रेष्ठ, रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.