समाज

लौरोले टाउकोमा हानेर एक जनाको हत्या
SHARES

कात्तिक ३, २०७४

    पाल्पा : पाल्पामा लौरोले हानेर एक जनाको हत्या भएको छ। रैनादेवी छहरा गाउँपालिका - १ सिद्देश्वरका अन्दाजी ४५ वर्षीय दलविर कुमालले सोही ठाउँका ५० वर्षीय केहरसिङ कुमाललाई लौराले हान्दा उनको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए।

    जग्गाको विषयलाई लिएर भएको झगडाले उग्ररूप लिएपछि दलवीरले केहरसिङलाई टाउकोमा लौराले प्रहार गरेका थिए। बिहीबार साँझ ६ बजेतिर लौरो प्रहारपछि गम्भीर घाइते भएका उनको राति करिब ११ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पन्तले बताए।

    हत्याका अभियुक्त दलवीर सहित उनका एक छोरा र एक छोरीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तले बताए। शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ। स्थानीयका अनुसार बिहीबार दिउँसोदेखि उनीहरूबीच झगडा सुरु भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]