|

डडेल्धुरा :  मंसिर १० गते निर्वाचन हुने प्रदेश नम्बर ७ का चार जिल्लाबाट प्रतिनिधि सभामा नेकपा माओवादीले उम्मेदवारी नदिने भएको छ। बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने भएको छ।

उम्मेदवार टुंगो लगाउन गठित दुई पार्टीका नेता सम्मिलित कार्यदलले शुक्रबार उम्मेदवारी टुंगो लगाउँदा ती जिल्लाबाट एमालेले उम्मेदवारी दिने तय भएको हो। ती चारवटै जिल्लामा एक/एकवटा मात्र निर्वाचन क्षेत्र रहेका छन्।

प्रदेश सभा सदस्य निर्वाचनका लागि ८ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले ५ र माओवादी केन्द्रले ३ वटामा उम्मेदवारी दिने भएका छन्। नेकपा एमालले बैतडी क्षेत्र नं २, दार्चुला क्षेत्र नं १, बझाङ क्षेत्र नं १ र बाजुराका दुई वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ। माओवादी केन्द्रको भागमा बैतडी क्षेत्र नं १, दार्चुला क्षेत्र नं २ र बझाङ क्षेत्र नं २ परेको छ। दुई दलबीच चुनाबी गठबन्धनमा ६०/४० को भागवण्डा गर्ने सहमति भएको थियो।

त्यस अनुसार शुक्रबार मंसिर १० गते चुनाव हुने निर्वाचन क्षेत्रको भने सिट बाँडफाँट टुंगो लगाइसकेको छ। जस अनुसार पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा एमालेबाट २१ र माओवादीबाट १६ जना प्रतिनिधि सभाका लागि उम्मेदवार हुनेछन्। मंसिर २१ गते निर्वाचन हुने प्रदेश नं ७ को डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्रमा भने गठबन्धनले सिट बाँडफाँट गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.