|
Representative Photo

महोत्तरी : आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले आज महोत्तरीलगायत मिथिलाञ्चलभरिमा भैयादुज पर्व मनाइरहेका छन्।

एकाबिहानै गाउँशहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका छन्। उनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आआफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएका छन्।

दिदीबहिनीहरुले ‘‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’’ (अर्थात् बजरी खाएर अमर बन्नू, दान नदिए दरिद्र बन्नू) गाउँदै दाजुभाइलाई आँगनमा बसाई माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाएका छन्।

दिदीबहिनीले दाजुभाइलाई बजरी खुवाएपछि दाजुभाइले आआफ्ना गच्छेअनुसार दिदीबहिनीलाई उपहार र कोसेली दिने गर्छन्। दाजुभाइले आजका दिन दिदीबहिनीलाई सुन, चाँदी, कपडा र अन्य विभिन्न कोसेली र उपहार दिने गर्छन्। मिथिलाञ्चलमा भैयादुज पर्व निक्कै उल्लास र खुशीका साथ मनाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.