|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दको हातबाट टीका लगाएका छन्। उनले भाइटीकाको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेका हुन्।

टीका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे। संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे।

हेर्नुस् फोटोहरु

फोटो : रत्न श्रेष्ठ/रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.