|

काठमाडौं : नेपाली कांग्रेसले मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमसँग  चुनावी तालमेल गरेर कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो। कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ।

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नम्बर २ र रसुवामा उम्मेदवार रहनेछन्। राप्रपा प्रजातान्त्रिकबाट पशुपति शम्शेर राणालाई सिन्धुपाल्चोक २ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएका छन्। राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने भएका छन्। 

कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशरण महतले चारवटा पार्टीसँग तालमेल गरेर उम्मेदवार चयन गरेको जानकारी दिए। कांग्रेसले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवारी टुंगो लगाएको केन्द्रीय सदस्य रोमी गौचन थकालीले बताए। मुस्ताङबाट थकाली प्रतिनिधिसभा सदस्यमा उम्मेदवार चयन भएका छन्। प्रदेशमा भने मुस्ताङ निर्वाचन क्षेत्र नम्बर क मा मिच्युर गुरुङ र ख मा छिरिङ धावा गुरुङ उम्मेदवार चयन भएका छन्।

हेर्नुस् कांग्रेस गठबन्धनबाट को को चयन भए उम्मेदवार?

ताप्लेजुङ : केशव दाहाल
पाँचथर : भीष्मराज आङदेम्बे
संखुवासभा : दीपक खड्का

भोजपुर : उमेशजंग रायमाझी
खोटाङ :  सरस्वती बजिमय
सोलुखुम्बु : बलबहादुर केसी
ओखलढुंगा : रामहरि खतिवडा

सिन्धुपाल्चोक १ : मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २ : पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखा : रुद्र खड्का
रामेछाप : कान्छाराम तामाङ
नुवाकोट १ : डा. रामशरण महत
नुवाकोट २ : अर्जुननरसिंह केसी
रसुवा :  प्रेम तामाङ (नयाँ शक्ति पार्टी नेपाल)
धादिङ १ : विश्व अर्याल
धादिङ २ : दिलमान पाख्रिन
 

लमजुङ : दिलबहादुर घर्ती
मनाङ : टेकबहादुर गुरुङ
गोरखा १ : चीनकाजी श्रेष्ठ
गोरखा २ : डा. बाबुराम भट्टराई (नयाँ शक्ति पार्टी नेपाल)

मुस्ताङ : रोमी गौचन थकाली
म्याग्दी : खम्वीर गर्बुजा
बाग्लुङ १ : चम्पादेवी खड्का
बाग्लुङ २ : निरज पुन
 

रुकुम पूर्व : गोपालजीजङ्ग शाह

रुकुम पश्चिम- वीरबहादुर ओली
रोल्पा : अमरसिंह पुन
जाजरकोट : राजीवविक्रम शाह
कालीकोट भूपेन्द्रजंग शाही
हुम्ला : मंगल शाही
जुम्ला : देवेन्द्र शाही
मुगु : हस्तबहादुर मल्ल
डोल्पा : अंगद बुढा
 

बझाङ : पृथ्वीबहादुर सिंह
बाजुरा : कविराज पण्डित
बैतडी : नरबहादुर चन्द
दार्चुला : विक्रम सिंह

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.