|
फाइल फोटो

सोलुखुम्बु : पछिल्लो समय चाडपर्वमा मादलको प्रयोग न्यून हुँदै गएको छ। एक दशकअघि  तिहार नजिकिदै गर्दा बजारमा मादल किन्ने, बेच्ने मर्मत गर्नेहरुको घुइँचो हुन्थ्यो। मादल बनाउनेहरूको एउटै गुनासो हुन्छ, 'हिजोआज, न त मादल किनबेच नै हुन्छ न त मर्मत गराउनेहरू नै आउँछन्।'

चाडपर्व तथा विभिन्न कार्यक्रममा मादल घन्किन्थे’ दूधकौशिका गाउँपालिका– २ काँगेलका ललितबहादुर कार्की भन्छन्, आजभोलि क्यासेट घन्किन थालेपछि न मादलको आवश्यकता पर्‍यो, न त बजाउनकै।’   

'केही  वर्षअघि ठूली एकादशीका दिन मादल बजाउँदै मारुनी नाच निकालिन्थ्यो, तर अहिले न त मादलको प्रयोग हुन्छ न त मारुनी नाच नै देखिन्छ', दूधकौशिका गाउँपालिका– १ नेलेका मानबहादुर खड्का भन्छन्। तिहार नजिकिँदै गर्दा साप्ताहिक हाटदेखि अन्य बजारमा समेत मादल किन्ने, बेच्ने र मर्मत गराउनेको भीड नै लाग्थ्योे।

‘त्यो समयमा मादल मर्मत गर्नको लागि लाइनमा बस्नुपथ्र्यो भने बनाउनेलाई भ्याइनभ्याइ हुन्थ्यो’, नेचा सल्यान गाउँपालिका ६ तिङ्लादेवी सार्की भन्छिन्, ‘विभिन्न हाटमा आफैंले बनाएको मादल बिक्रीमा लगेको र भ्याइनभ्याइ मर्मत गरेको हिजैजस्तो लाग्छ।’ पछिल्लो पुस्ताले संस्कृतिको महत्त्व भुल्दाले मादलको प्रयोग शून्यप्रायः बनेको उनको बुझाइ छ। 

प्रयोग कम हुन थालेपछि मादल बनाउनेहरू पनि अन्य पेशामा लाग्न थालेका छन्। सार्की जातिहरुको पुख्यौली पेशाको रूपमा रहेको मादल निर्माण तथा मर्मतलाई पछिल्लो पुस्ताले अँगाल्न सकेको छैन। 'अहिले मादल निर्माणका लागि आवश्यक कच्चा पदार्थ नै पाइँदैन', सार्कीले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.