|

काठमाडौं : पोखरामा मोटरसाइकल नालीमा खस्दा १ जना बेपत्ता भएका छन्, अर्का १ घाइते छन्। लामाचौरबाट पोखरातर्फ आउँदै गरेको मोटरसाइकल उपल्लो दीपस्थित गोर्खा बोर्डिङनजिकबाट नालीमा खसेको हो।

मोटरसाइकल नालीमा अल्झिएको देख्न सकिन्छ, तर त्यसमा सवार पोखरा लेखनाथ– १९ लामाचौरका विजन पुन अझै बेपत्ता छन्। त्यसक्रममा घाइते भएका दीपक पूर्जाको उपचार भइरहेको छ।

घटना गएराति नै भएको भए पनि बिहानबाट मात्रै खोजी कार्य सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.