|

दाङ : फुपूको छोराको चक्कु प्रहारबाट दाङमा एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका १३ साजखुटीका सेतीराम रेउलेको उनका फुपूका छोरा वसन्तबहादुर महतराले चक्कु प्रहार गर्दा उपचारका क्रममा मृत्यु भएको हो। चक्कु प्रहारबाट महतराका दाइकी छोरी बालिका महतरा घाइते भएकी छिन्। उनको ढाड र हातमा चोट लागेको छ।  

चक्कुप्रहारबाट गम्भीर घाइते भएका रेउलेको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

आइतबार राती १ बजे ३३ वर्षीय बसन्तबहादुर महतराले ३४ वर्षीय रेउलेलाई चक्कु प्रहार गरेका थिए। स्थानिय लीलाबहादुर बिकको घरमा भैलो खेल्ने क्रममा बसन्तबहादुर महतराले आक्रमण गरेको प्रहरीले बताएको छ। चक्कु प्रहार गर्ने महतरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.