|

कालिकोट : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ताको कार्यक्रम रहेको थियो। सोही अनुरुप कालिकोटमा राजनीतिक दलहरुले गठबन्धन अनुसार मनोनयन दर्ता गराएका हुन्।

वाम गठबन्धनबाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावतले मनोनयन दर्ता गराएका छन्। त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गरेका छन्। उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महामन्त्री हुन्।

प्रदेशसभाका लागि वाम गठबन्धनबाट मुख्यमन्त्रीको रुपमा चर्चा गरीएका माओवादी नेता एवं विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचन क्षेत्र नम्बर 'ख'बाट उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै 'क'बाट नेकपा एमालेका कुर्मराज शाहीले मनोनयन दर्ता गरेका छन्।

प्रदेशसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका निर्वाचन क्षेत्र ‘क’बाट टेकराज शाही र निर्वाचन क्षेत्र ‘ख’बाट कालीबहादुर सहकारीले उम्मेदवारी दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्नुपूर्व दुबै गठबन्धनले र्‍याली निकालेका थिए। जनता र कार्यकर्ताको ठूलो सहभागितासहित उनीहरुले मनोनयन दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्दाका दृश्यहरु:

मनोनयन दर्ता गर्न जाने क्रममा वाम गठबन्धनका नेताहरु।

मनोनयन दर्ता गर्न जाँदै लोकतान्त्रिक गठबन्धनका नेताहरु।

वाम गठबन्धनका नेताहरु एकै व्यानरमा मनोनयन दर्ता गर्न जाँदै।

मनोनयन दर्ता गर्दै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.