|

कालीकोटः दैलेखको भैरवी गाउँपालिका– ५ गाईखर्कमा नयाँ बस्ती सरेर आएका राउटेहरूले सामाजिक सुरक्षा भत्ता पाएका छन्। भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले राउटेहरूकै बस्तीमा पुगेर भत्ता दिएका हुन्।

दैलेख र अछाममा बस्दै आएका फिरन्ते जीवन बिताउँदै आएका १७५ जना राउटेलाई एक महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष बुढाले बताए। ‘एक महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ’, उनले भने। उनका अनुसार गत महिनाको तुलनामा पाँच जना बच्चा जन्मेका र दुई जना छुट थपसमेत गरी १७५ जनाले भत्ता पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.