|

झापा: झापाको दमक नगरपालिकालाई जापान सरकारले अत्याधुनिक बारुणयन्त्र हस्तान्तरण गरेको छ। उक्त बरुणयन्त्र जापानी राजदूत मासासी ओगावाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै दमक नगरपालिकाकालाई हस्तान्तरण गरे।

जापान सरकारले नगरपालिकालाई उपलब्ध गराएको उक्त बारुणयन्त्रको मूल्य नेपालमा एक करोड रुपैयाँ बढी रहेको दमक नगरपालिकाले जनाएको छ। उक्त बारुणयन्त्रमा एक हजार ७०० लिटर पानी अट्ने क्षमता रहेको नगरपालिकाले जनाएको छ। कार्यक्रममा बोल्द राजदूत ओगावाले नेपालमा सुखा मैसममा आगलागीका घटना धेरै हुने भएकाले बारुणयन्त्र हस्तान्तरण गरिएको बताए। उनले भने, ‘जापानमा आगलागी हुँदा यो बारुणयन्त्र सबैभन्दा बढी प्रभावकारी हुन्छ, नेपालमा पनि खुखा मौसममा आगलागीका घटना हुन्छ, त्यसैले यहाँ पनि हामीले दिएका हौँ।’ यससँगै दमकमा बारुणयन्त्रको संख्या तीन पुगेको छ।

आम्दामा सघन कक्षको उद्घाटन
आम्दा नेपालद्वारा सञ्चालित अाम्दा अस्पतालमा निर्माण भएको छ बेड सघन उपचार कक्षको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। आम्दा नेपालको एक करोड रुपैयाँ र जापान सरकारको एक करोड रुपैयाँ गरी दुई करोड रुपैयाँको लागतमा उक्त सघन कक्षको निर्माण गरिएको अस्पतालले जनाएको छ।

उक्त सघन कक्षको उद्घाटन नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गरेका हुन्। यसैबीच उक्त अस्पतालले आइतबारबाटै सघन उपचार कक्षको समेत सेवा सुरु गरेको छ। कार्यक्रममा बोल्दै राजदूत ओगावाले यस्ता खाले सहयोगले नेपाल र जापानको सम्बन्ध प्रगाढ बन्ने बताए। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहयोग गर्न पाउँदा जापान सरकार खुसी भएको उनले बताए।

ओली आएनन्
उक्त दुई कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दमक आउने भनिए पनि आएनन्। उनले अन्तिम समयमा आएर नआउने बताएका थिए। दुई तहका निर्वाचनमा उम्मेद्वारलाई टिकट वितरण, निर्वाचन आचारसंहितालगायत कारणले अ‍ेली गृहनगर आउन नसकेको एमाले निकट स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.