|

  • जमुना राई-

भोजपुरः आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पनि दलहरूले उल्लासमय ढंगले मनोनयन दर्ता गरेका छन्। 

टिकट वितरणमा ढिलाइ गरेका दलका उम्मेदवार जिल्लामा ढिला पुगेपछि मनोनय अपराह्न दुई बजेबाट मात्रै मनोनयन दर्ता सुरु भएको थियो। प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसँगै साना दलले समेत मनोनयन दर्ता गराएका छन्। 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदन किराती, प्रदेशसभाका लागि क्षेत्र (क) बाट नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, क्षेत्र (ख) बाट पूर्व सूचना तथा सञ्चारमन्त्री एवं  वैकल्पिक पोलिटव्युरो सदस्य शेरधन राईको मनोनयन परेको छ। 

त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका महासमिति सदस्य उमेशजंग रायमाझी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र (क) बाट संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङ्माङ, क्षेत्र (ख) बाट नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीको मनोनयन दर्ता भएको छ।

अन्य साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, क्रान्तिकारी माओवादीका तर्फबाट डिल्लीराम बोहोरा, प्रदेशसभाका क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार खुशीराज गुरुङ, मंगोल नेशनलबाट मोजेश राईलगायतको मनोनयन परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.