|

सिन्धुपाल्चोक : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा हर्षोल्हासका साथ उम्मेदवारी मनोनयन दर्ता भएको छ। आइतबार शान्तिपूर्णरुपमा मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत रुद्रबहादुर मल्लले जानकारी दिए।

प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बहालवालामन्त्रीदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्मको उम्मेदवारी परेको छ। मुख्य दलहरुले गठबन्धन नै बनाएर उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ मा बहालवाला सञ्चारमन्त्री मोहनकुमार बस्नेतले राप्रपा (प्रजातान्त्रिक)समेतको सहयोगमा उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनबाट पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको उम्मेदवारी परेको छ।

यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक)लाई सधाएको छ। यस क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले उम्मेदवारी दिएका छन्। वाम गठबन्धनबाट एमालेका शेरबहादुर तामाङको उम्मेदवारी परेको छ।

‘हेबीवेट’ नेताहरुको उम्मेदवारीका कारण सिन्धुपाल्चोकमा यसपटक चुनावी भिडन्त निकै रोचक हुने भएको छ।

कुन क्षेत्रमा क–कसको उम्मेदवारी?
 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ :

मोहनबहादुर बस्नेत, कांग्रेस (लोकतान्त्रिक गठबन्धन)
अग्नि सापकोटा, माओवादी (वाम गठबन्धन)
किरण शाक्य, नेपाल मजदुर किसान पार्टी
जगतबहादुर तामाङ संघीय समाजवादी फोरम नेपाल
टेकबहादुर जोशी देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
दीर्घबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चा
पूर्णबहादुर श्रेष्ठ, नेपाल संघीय समाजवादी पार्टी
राजेन्द्र गिरी, एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी
लाक्पा दोर्जे लामा, ताम्सालिङ लोकतान्त्रिक पार्टी
श्यामबहादुर गौतम, नयाँ शक्ति
साङ डोल्मा तामाङ, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी
सोम नोर्बु शेर्पा, आमुल परिर्वतन मसिहा पार्टी नेपाल
हस्तबहादुर विक, जनसमाजवादी पार्टी नेपाल
 
क्षेत्र नम्बर १ (क) :

प्रदेश नम्बर १ (क) मा अरुण नेपाल एमाले (वाम गठबन्धन), विष्णु खत्री कांग्रेस (लोकतान्त्रिक गठबन्धन), एलिना तामाङ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, खड्गबहादुर थापा देशभक्त जनगणतान्त्रिक नेपाल, चिना लामा संघीय समाजवाद फोरम, झुलराज खरेल जनमोर्चा, नयन्द्रबहादुर बोहोरा स्वतन्त्र, मनोजकुमा तामाङ ताम्सालिङ लोकतान्त्रिक पार्टी, मोहनलाल विक जनसमाजवादी पार्टी, सुदीप तामाङ जनप्रजातान्त्रिक पार्टी नेपाल र सुमन श्रेष्ठ नेपाल मजदुर किसान पार्टी।

क्षेत्र नम्बर १ (ख) :

प्रदेश नम्बर १ (ख) सरेश नेपाल एमाले (वाम गठबन्धन), रोजेन्द्रकुमार श्रेष्ठ कांग्रेस (लोकतान्त्रिक गठबन्धन), नवराज श्रेष्ठ नयाँ शक्ति, बुद्धकुमार श्रेष्ठ जनसमाजवादी पार्टी, मगर तामाङ संघीय समाजवादी फोरम नेपाल, मनिक गहतराज आमुुल परिर्वतन मसिहा पार्टी नेपाल, राजनकुमार न्यौपाने जनमोर्चा र सिके तामाङ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ :

शेरबहादुर तामाङ, एमाले (वाम गठबन्धन)
पशुपति शमशेर जबरा, राप्रपा प्रजातान्त्रिक (लोकतान्त्रिक गठबन्धन)
कुमार बोगटी, देशभक्त जनगणतान्त्रिक पार्टी नेपाल
चन्द्रबहादुर थापा, स्वतन्त्र
चन्द्रदत्त खतिवडा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी
जयराम भण्डारी, विवेकशिल साझा पार्टी नेपाल
बालकृष्ण तिमिल्सिना, जनमोर्चा
विदुरप्रसाद चौलागाई, नयाँ शक्ति पार्टी नेपाल
वीरबहादुर तामाङ जनसमाजवादी पार्टी

क्षेत्र नम्बर २ (क) :

प्रतिनिधि सभा २ (क) मा युवराज दुलाल माओवादी, विकास तामाङ कांग्रेस, इन्द्रबहादुर ठकुरी स्वतन्त्र, चेतबहादुर तामाङ नयाँ शक्ति, कालिबहादुर माझी जनसमाजवादी पार्टी र आशिक तामाङ ताम्सालिङ लोकतान्त्रिक पार्टी।

क्षेत्र नम्बर २ (ख) :

दावा तामाङ माओवादी, निमी लामा कांग्रेस, कुमार अधिकारी नेपाल जनता पार्टी, कृष्णबहादुर तामाङ संघीय समाजवादी फोरम, चेतनाथ गिरी नेकपा माले, जिमी लामा स्वतन्त्र, देविलाल तामाङ ताम्सालिङ लोकतान्त्रिक पार्टी, भरत अधिकारी नयाँ शक्ति, भरतप्रसाद चौलागाई स्वतन्त्र र राजकुमार खड्का देशभक्त जनगनतान्त्रिक मोर्चा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.