|

  • राजेन्द्रबहादुर सिंह

बझाङ : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्तासँगै चुनावी गतिविधी तीव्र भएको छ। विभिन्न राजनीतिक दलले निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारी दर्ता गरेसँगै मतदाताकोमा जाने तयारी थालेका छन्।

राजनीतिक दलका अलवा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले पनि प्रचारप्रसारको काम थालेका छन्।

बझाङमा ८ वटा राजनिति दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिता जनाउन आफ्ना दलका उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। त्यस्तै प्रतिनिधिसभा सदस्यका लागी एकजना स्वतन्त्र उमेदवारले पनि मनोनयन दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गराएका उम्मेदवारको चहलपलह बढ्दै गइरहेको छ।

प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा वाम गठबन्धनबाट नेकपा एमालेका भैरवबहादुर सिंह र नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राप्रपा (प्रजातान्त्रिक)बाट विश्वप्रकाश जेठारा, नयाँ शक्ति पार्टी नेपालका जोगीबहादुर कुँवर, संघीय समाजवादी फोरम नेपालका भीमबहादुर थापा, विवेकशील साझा पार्टीका मीनबहादुर सिंह, जनगणतान्त्रिक मोर्चा नेपालका धरणीधर नाथ, राष्ट्रिय जनमोर्चाका कल्पना भण्डारी र गोपाल बहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभाका लागि  बझाङ 'क'बाट आठ उम्मेदवार भिड्ने भएका छन्। जसमा वाम गठबन्धनबाट एमालेका अर्जुनबहादुर थापा, कांग्रेसकी चन्द्रादेवी जोशी, राप्रपा (प्रजातान्त्रिक)का जगतबहादुर सिंह, नयाँ शक्ति पार्टी नेपालका डम्बरबहादुर रावल, विवेकशील साझा पार्टीका मोहनबहादुर सिंह, संघीय समाजवादी फोरम नेपालका रामबहादुर जागरी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अशोकबहादुर ओली र शेरबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा 'ख'मा भने पाँच जना चुनावी मैदानमा रहेका छन्। जसमा नरेशबहादुर सिंह नेपाली कांग्रेस, देवकी मल्ल नेकपा माओवादी केन्द्र, तारादत्त पण्डित राष्ट्रिय प्रजातन्त्र पाट्री (प्रजातान्त्रिक), रविन्द्रबहादुर बम विवेकशील साझा पार्टी र कलकबहादुर रोकाया नयाँ शक्ति पार्टी नेपालबाट उम्मेदवार बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.