|

अर्घाखाँची : अर्घाखाँचीमा भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। गुल्मीको पुर्कोटबाट बुटवल जाँदै गरेको लु१च ६७६६ नम्बरको पिकअप भ्यान अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ७ जगतमा दुर्घटना हुँदा पुर्कोट टिमुरखर्ककी सारदा केसीको मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए।

भ्यान सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ। दुर्घटनापश्चात चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। गाडीमा सवार ८ जनामध्ये अन्य ७ जना सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकोछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.