विश्व

सिन्जो अबे झन शक्तिशाली : जापानी प्रधानमन्त्रीको गठबन्धनलाई दुई तिहाई मत
SHARES

Photo : japantimes.co.jp
कात्तिक ६, २०७४

    जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ।

    जापानको संसदको म्याद एक बर्ष बाँकी रहदै आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै आएको छ।

    जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २८३ स्थामा जित हासिल गरेको छ। जापानको प्रतिनिधि सभा ४६५ सदस्यीय छ।

    त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ। यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३१२ स्थानमा विजय हासिल गरेको छ। यो जापानको संसदको दुई तिहाई बहुमत हो।

    जापानी र अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको दल र उनको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन्।

    यो मतपरिणामसँगै दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित हुने विश्लेषण गरिएको छ।

    जापानी राष्ट्रिय प्रशारण संस्था एनएचकेले दिएको जानकारीअनुसार अझै पनि संसदका १० वटा स्थानको मत परिणाम आउन बाँकी रहेको छ। ती स्थानहरुमा मत गणना जारी नै रहेको बताएको छ।

    यसअघि संसदको तल्लो सभाको ४६५ स्थानमध्ये प्रधानमन्त्री अबेको दल र गठबन्धनले गरी २९० स्थान हासिल गरेको थियो। सत्ताधारी साझेदार अर्को दलको समेत गरी संसदमा ६५ प्रतिशत स्थानमा रहेको थियो।

    प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गरेको बताइएको थियो।

    उनले अघि बढाएको नयाँ आर्थिक मोडेल ‘आबेनोमिक्स’ लाई अझै दह्रोगरी अघि बढाउने उहाँको योजनालाई यो दुई तिहाई बहुमतले अब सहज बनाउने बताइन्छ।

    यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गरेका थिए। ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए।

    पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समयानुकुल जापानको सुरक्षा नीति निर्माण गर्न आपूmलाई संसदमा दुई तिहाई बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउदै आएका थिए।

    त्यसैले अब अबेले बहुमत हासिल गरेपछि जापानमा के कस्तो नीतिगत र आर्थिक परिवर्तन गर्न सक्नु हुनेछ त भन्ने बारेमा विभिन्न समाचार विश्लेषणहरु आउन थालेका छन्।

    निर्वाचन परिणाम प्राप्त भएपछिको प्रतिक्रियामा प्रधानमन्त्री आबेले भनेका छन्, 'मैले यो जितलाई विनम्रतापूर्वक स्वागत र स्वीकार गर्न चाहन्छु।'

    मत परिणाम आइरहेका बेला प्रधानमन्त्री आबेले गरेको टेलिभिजन सम्बोधनमा उनले आफूले चाहेकै रुपमा जनमत प्राप्त भएको भन्दै यसबाट संविधान संशोधनको जापानी जनताको चाहनालाई आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै उनले संविधान संशोधनका लागि सबै राजनीतिक दल र आवश्यक सबै क्षेत्रबाट सहयोगको अपेक्षा आफूले गरेको पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]