मृतक सबै महिला

|

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ३३ जना घाइते भएको न्यू स्ट्रेट टाइम्सले लेखेको छ।

मलेसियाको पेनाङ सहरमा कारखाना जादै गरेका दुईओटा बस एक आपसमा जुध्दा दुर्घटना भएको थियो। प्रहरी अधिकृत निक रोस अजहन निक अब्दुल हमिदले दुर्घटनाबारे जानकारी दिएका छन्। हमिदका अनुसार मृतक सबै महिला रहेका छन्।

दुर्घटना बिहान ५ : ३० मा भएको प्रहरीले जानकारी दिएको छ। हमिदका अनुसार एक बसमा इन्डोनेसिया र नेपालबाट गएका कामदार चढेका थिए। उक्त बस इन्जिनमा खराबी आएपछि रोडको देब्रेतिर रोकिइराखेको थियो त्यहीँ बेला अर्को बस आएर ठोक्किएको थियो। उनले भने, 'रोकिइराखेको बसमा अर्को ब्रेक फेल भएको बस आएर भएर जुध्यो जसमा १५ कामदार सवार थिए। रोकिराखेको बसलाई उक्त बसले सडकको दायापट्टी धकेलेको थियो।'

'८ जनाको दुर्घटनास्थलमा नै मृत्यु मृत्यु भएको छ २३ जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएका छन्' प्रहरी अधिकृत हमिदले बताए। मृतकबारे थप जानकारी दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.