|

चितवन : चितवनका एकजना व्यवसायीको गाडीमा आगजनी भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर- १२ का स्थानिय जग्गा व्यवसायी मनोज श्रेष्ठको बा१८च ५४९ नम्बरको गाडीमा आगजनी भएको हो।

गएराति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। आगोले गाडीको अधिकांश भाग जलेको छ।

घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भैरहेको थापाले बताए। गाडीको ट्याङ्कीबाट आगो सल्किएको पाइएको उनको भनाइ छ। आगो लागिरहेको रिक्साचालकले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.