|

पर्वत : फरक-फरक पार्टीमा रहेका दुई दाजुभाइ अप्रत्यक्षरुपमा चुनावी प्रतिस्पर्धामा एकअर्काविरुद्ध उभिएपछि म्याग्दीमा चुनावी भिडन्त रोचक बनेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन केन्द्रीय सदस्यद्वय भीमप्रसाद गौचन र जगतप्रसाद गौचन सहोदर दाजुभाइ हुन्। भीमले म्याग्दीको क्षेत्र नम्बर (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदारी दिएका छन्। कमल थापा नेतृत्वको राप्रपाबाट उम्मेदवार रहेका उनलाई कांग्रेसको समेत समर्थन छ। *पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका जगतले आफू निकट बलबहादुर सुनारलाई उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ६ पाखापानी घर भएका गौचन दाजुभाई राप्रपा विभाजनसंगै फरक–फरक पार्टीमा क्रियाशील छन्। जगत पूर्व सहायकमन्त्री र भीम पूर्व राज्यमन्त्री हुन्। 

यस्तै प्रकाचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबाट सोही क्षेत्रमा रामबहादुर शाहीको उम्मेदवारी परेको छ। कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिएका भीमलाई परिवारकै सदस्य र पूर्वसहकर्मी नै चुनौती बनेर अघि आएका छन्। गौचनलाई सघाउने केन्द्रको निर्णयविरुद्ध कांग्रेसमा पनि असन्तुष्टि छ।

* सच्याइएको

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.