|

इलाम :  जिल्ला समन्वय समिति इलामका प्रमुख इञ्जिनियर तथा निमित्त स्थानिय विकास अधिकारी ओमराज ढुङ्गानाले हाउजी (बिङ्गो) मा परेको रकम वृद्धाश्रमलाई हस्तान्तरण गरेका छन्।

विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा इलाम बजारमा सञ्चालन गरिएको हाउजीमा उनलाई १ लाख चार हजारमा रुपैयाँ परेको थियो। ढुङ्गानाले त्यसमा ७ हजार १११ रुपैयाँ थपेर एकलाख ११ हजार १११ रुपैयाँ वृद्धाश्रमलाई हस्तान्तरण गरेका हुन्। उनले इलाम नगरपालिका १० गोदकमा सञ्चालित माइभगवती वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई सोमबार एक कार्यक्रमकाबीच सो रकम हस्तान्तरण गरे। 

ढुङ्गानाले आफ्ना स्वर्गीय पिता डिल्लीराम ढुङ्गानाको नाममा जेष्ठ नागरिकको लालनपालन र स्याहार सुसाहारमा खर्च हुने गरी रकम हस्तान्तरण गरेको बताए । उनले दिएको रकमलाई वृद्धाश्रमको अक्षयकोषमा रकम जम्मा गरिने वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले जानकारी दिइन्।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका सभापति गणेश बरालले जेष्ठ नागरिकको सम्मान गरे मात्र आफूले पनि सम्मानित जीवनयापन गर्न सकिने धारणा व्यक्त गरे। आगामी दिनमा जिससले भ्याएसम्म सहयोग गर्ने उनको भनाइ छ।

चितवन भरतपुर महानगरपालिका घर भएका ढुङ्गाना ३ वर्षदेखि इलाममा डिभिजन इञ्जिनियरका रुपमा कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.