नेतृत्व र विचारधारामा जिनपिङ

|
Photo : Xinhua

विश्को सबैभन्दा ठूलो राजनीतिक दल चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेसन पाँच वर्षका लागि नयाँ नेतृत्व र नयाँ विचारधारा तया गर्दै सकिएको छ। कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सात सदस्यीय स्थायी समिति चयन गरेको छ।

त्यस्तै पार्टीको नयाँ विचारधारा पनि तय गरिएको छ। चीनले अब ‘सी जिनपिङ विचारधारा’ अपनाउने कम्युनस्ट पार्टीले घोषणा गरेको छ। नेतृत्व र विचारधारामा सी जिनपिङ लाई अपनाएपछि उनी झन शक्तिशाली बनेका छन्। स्थायी समितिमा निर्वाचितहरु जिनपिङका निकटका नेता रहेका छन्।

चिनियाँ कम्यनिस्ट पार्टीको नयाँ स्थायी समितिमा राष्ट्रपति र प्रधानमन्त्री लगायत रहेका छन्। स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ नेतृत्वमा छन् भने प्रधानमन्त्री ली खछ्याङ दोस्रो नम्बरमा स्थायी समिति सदस्य छन्। त्यसपछि क्रमशः ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ रहेका छन्।

नेतृत्वमा महासचिव सी जिनपिङ र स्थायी समिति सदस्यमा प्रधानमन्त्री द्यी खछ्याङले निरन्तरता पाएका छन्। कम्युनिस्ट पार्टीको स्थायी समितिलाई शक्तिशाली निकायको रुपमा लिइन्छ। यी सातजना मध्येबाटै चीनको राष्ट्रपति, प्रधानमन्त्री, नेशनल कांग्रेसको अध्यक्ष, राष्ट्रिय सल्लाहकार परिषद् सीपीपीसीसीको अध्यक्ष र भ्रष्टाचार नियन्त्रण आयोगका अध्यक्ष चयन गर्ने गरिन्छ।

ग्रेट हल अफ दि पिपुलमा गत बुधबार सुरु भएको अधिवेशन मंगलबार सम्पन्न भएको थियो। महाधिवेशनले चयन गरेको नेतृत्वलाई राष्ट्रपति एवं पार्टी महासचिव सी जिनपिङले बुधबार बिहान सार्वजनिक गरेका हुन्।

महाधिवेशनले २५ सदस्यीय पोलिटब्यूरो र केन्द्रीय समिति पनि चयन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.