|

सोलुखुम्बु : जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र क मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका एमाले जिल्ला नेता लोचनकुमार शर्माले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएनन्।

बुधबार अन्तिम दिन शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएर बाम गठबन्धनका उम्मेदवार उत्तमकुमार बस्नेतलाई समर्थन गर्ने आशा गरे पनि उनले लिन मानेनन्। अब शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने भएका छन्। बाम गठबन्धनका उम्मेदवार बस्नेत नयाँ शक्ति पार्टी नेपालबाट हालै एमाले प्रवेश गरेका हुन्।

लामो समय आफ्नो उर्जाशील समय र जीवन पार्टीमा खर्चदा पनि पार्टीले उचित स्थान नदिएको शर्माको गुनासो छ। उनले स्थानीय तहको निर्वाचनमा नेचा सल्यान गाउँपालिका अध्यक्षको समेत दाबी गरे पनि उम्मेदवारी दर्ता गराएका थिएनन्। प्रदेश क मा कांग्रेसबाट प्रकाशसिंह कार्की उम्मेदवार बनेका छन्।

शर्माको उम्मेदवारीले बस्नेतलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ। बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे कडा कारबाही गर्ने नेकपा एमालेले निर्णय गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.