|

दाङः तुलसीपुर उपमहानगरपालिका– ८ बटलपुरमा रहेको मायालु सामुदायिक वनभित्र एक महिलाको बेवारिसे शव फेलापरेको छ। 

मंगलबार बिहान ११ बजे वनभित्र स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा एक सुसाइड नोट भेटिएको प्रहरीले जनाएको छ। शवको ३० मिटर उत्तरतिर बिषको बोतल पनि फेलापरेको प्रहरीले जानकारी दिएको छ।

शवको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ। 

त्यस्तै, तुलसीपुरस्थित वाहिनी चोकमा पनि एक महिलाकोे शव फेलापरेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान चोकदेखि ५० मिटर तल उक्त शव भेटिएको प्रहरीले बताएको छ। शवको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.