|

काठमाडौं : दिवंगत पत्रकार शंकर खपाङ्गी मगरको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। पत्रकार खपाङ्गीको परिवारजनले नेपाल मगर पत्रकार संघले पुरस्कार वितरण गर्ने गरी ‘शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो।

प्रत्येक वर्ष नेपाल मगर पत्रकार संघले बितरण गर्ने उक्त ‘शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार’ स्थापना सम्बन्धी सम्झौंतापत्रमा मगर पत्रकार संघको तर्फबाट अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापकको तर्फबाट पत्रकार खपाङ्गीका भाइ पत्रकार नरेश खपाङ्गीमगरले हस्ताक्षर गरेका छन्।

नरेश मगर पत्रकार संघका संस्थापक अध्यक्ष हुन्। हाल उनी नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष छन्। प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.