|

पोखरा : पोखरामा प्रहरीले ठूलो मात्रामा लागु औषधसहित ८ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो पोखराको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा लागूऔषध कारोबार गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो।

प्रहरीले उनीहरुको साथबाट नर्फिन ५ सय थान, डाइजापाम ५ सय थान र फेनारगन ५ सय थान गरी जम्मा १५ सय थान लागुऔषध बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए। पक्राउ पर्नेहरुमा भारतको बाफरगञ्जका ४० वर्षीय शिवकुमार निषाद, पोखरा बाँझापाटनका ४१ वर्षीय इन्द्रप्रसाद गुरुङ, पोखरा नागढुङ्गाका २० वर्षीय दिपेन क्षेत्री, धादिङका ४४ वर्षीय कल्याण तामाङ, ३० वर्षीय एलिया तामाङ, तनहुँ शुक्लागण्डकीका ३२ वर्षीय मेखबहादुर गुरुङ, पोखरा रानीपौवाका २४ वर्षीय सम्राट राणा र स्याङ्जा पुतलीबजार घर भई लु १ ख ३०६५ नम्बरको बुटवल काठमाडौं चल्ने बसका सहचालक २४ वर्षीय अजय शाही रहेका छन्।

उनीहरु भारतको सीमा नाकादेखि पोखरा लगायत नेपालका अन्य शहरहरुसम्म विभिन्न सवारी साधन तथा व्याक्तिहरुको सहयोगमा लागूऔषध कारोबार गर्ने गिरोह रहेको प्रहरी निरीक्षक गुरुङले बताए। पक्राउ परेका उनीहरुमाथि प्रहरीले लागूऔषध कारोबार अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.